शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दलको नेता रहेको दाबी
- January 17, 2023
- 4 years ago
नेपाली कांग्रसले पार्टी सभापति शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दलको नेता रहेको दाबी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने दलहरुको बैठकमा गएर कांग्रेसले प्रमुख प्रतिपक्षी दलको नेतामा आफ्ना सभापति शेरबहादुर देउवा नै हुनुपर्ने दाबी गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको सर्वदलीय बैठकमा कांग्रेसले यस्तो दाबी गरेको हो । बैठकमा राष्ट्रपति, सभामुख, उपराष्ट्रपति र उपसभामुखको विषयमा समेत छलफल भएको थियो । कांग्रेसले सरकारलाई समर्थन गरेको भन्दै नेपाल मजदुर किसान पार्टीले प्रमुख विपक्षी दलको मान्यता आफूले पाउनुपर्ने दाबी गरेको छ ।
नेमकिपाका सांसद प्रेम सुवालले आफूले प्रमुख विपक्षी दलको नेताको मान्यता नपाए सर्वोच्च अदालत जाने चेतावनी समेत दिइसकेका छन् । यस्तो स्थितिमा बसेको सर्वदलीय बैठकमा कांग्रेस सभापति देउवाले आफू नै प्रमुख प्रतिपक्षी दलको नेता भएको दाबी प्रस्तुत गरेका हुन् । संघीय संसदको पदाधिकारी तथा सदस्यहरुको पारिश्रमीक र सुविधा सम्बन्धी ऐन २०७३ मा मन्त्री परिषद गठन गर्न वा मन्त्री परिषद गठन गर्न सहयोग गर्ने दल बाहेक राष्ट्रिसभा वा प्रतिनिधी सभाको दश प्रतिशभ वा दश प्रतिशत भन्दा बढी समस्य रहेको सबै भन्दा ठूलो दलको नेतालाई विपक्षी दलको नेता भनिएको छ ।