वीरगन्जस्थित बाल सुधारगृह क्षमताभन्दा दोब्बर बालबालिकाका, मुद्धा फैसलामा विलम्ब हुँदा समस्या
- January 22, 2023
- 3 years ago
पर्सा — वीरगन्जस्थित बाल सुधारगृह क्षमताभन्दा दोब्बर बालबालिकाका कारण अस्तव्यस्त समस्या भएको छ। ६० जनाको क्षमता भएको गृहमा १ सय २८ बालक बालिका र किशोर किशोरी रहेका छन् ।
गृहका साना ठूला ११ कोठामध्ये सानामा १२ देखि १४ जना र ठूलोमा ३० देखि ३१ जनालाई कोचाकोच गरी राखिएको छ । उनीहरूलाई अदालतले पुर्पक्ष तथा कैद सजायका लागि सुधार गृह पठाइएको हो । त्यस मध्य ९ जना भारतीय छन् । सुधार गृहमा रहेका मध्य ४ दर्जन बालबालिकाको मुद्दा विचाराधीन अवस्थामा रहको छ । १८ वर्ष मुनीका बालकालिका तथा किशोरकिशोरीलाई फौजदारी अभियोगमा सुधार गृह पठाउने गरिएको छ ।
२०७५ भदौदेखि सञ्चालित बालगृहमा हाल आश्रितमध्ये ४१ जबरजस्ती करणीका, २० जना लागूऔषध मुद्दाका, १० सवारीज्यान मुद्दाका र ७ अपहरण शरीरबन्धक मुद्दाका छन् । अन्य भने चोरी, कर्तव्य ज्यानलगायतका मुद्दाका छन् । केही बालबालिका भने मानव बेचविखन तथा ओसारपसार, खोटा चलन, नेपाली नागरिकता उद्योग र बालविवाह अभियोगका रहेको बालगृह प्रमुख टीकाकृष्ण काफ्ले जानकारी दिए । बालबालिकाको मुद्दा अधिकतम १ सय २० दिनमा फैसला गरिनुपर्ने व्यवस्था भए पनि लामो समय मुद्धा फैसला नहुँदा समस्या हुने गरेको छ ।