वीरगञ्जबाट २७० किलो गाँजासहति २ जनालाई पक्राउ
- July 07, 2022
- 4 years ago
वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट २७० किलो गाँजासहति २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतीय नागरीक २७ वर्षीय विजेशकुमार यादव र ५० वर्षीय धर्मेन्द्र यादव रहेको छन् ।
विशेष सुचनाको आधारमा प्रहरीले उनीहरुलाई वीरगञ्ज महानगरपालिका २१ परवानीपुरबाट पक्राउ गरेको हो । युपी २१ एएन ९९५७ नम्बरको ट्रक रोकेर चेकजाँच गर्दा २७० किलो गाजा बरामद भएको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई लागुऔषध सम्बन्धी कसुरमा मुद्धा दायर गर्ने प्रहरीले बताएको छ ।