विशेष अदालतले गर्यो अनलाइनबाटै तारिख लिन पाउने व्यवस्था : वैशाख १ गतेबाट लागु हुने
- April 03, 2022
- 4 years ago
काठमाडौं । वैशाख १ गतेबाट विशेष अदालतले अनलाइन माध्यमबाटै तारिख लिन पाउने व्यवस्था गरेका छ । विशेष अदालको चैत १३ गते बसेको पूर्ण बैठकले आगामी वैशाख १ गतेदेखि सेवाग्राहीले आफूलाई पायक पर्ने उच्च वा जिल्ला अदालत पुगेर अनलाइन तारिख बुझ्न पाउने निर्णय गरेको हो । आइतवार विशेष अदालतद्धारा जारी सूचनामा भनिएको छ “यस अदालतको पूर्ण बैठकको मिति २०७८ चैत १३ को निर्णयाअनुसार २०७९ वैशाख १ गतेदेखि पक्षले चाहेमा आफूलाई पायक पर्ने उच्च अदालत तथा जिल्ला अदालतहरूबाट अनलाइन तारिख लिन पाउनेगरी निर्णय भएबमोजिम मुद्दाका पक्षहरूलाई पायक पर्ने अदालतबाट विद्युतीय माध्यमबाट तारिख उपलब्ध गराउने प्रयोजनका लागि सर्वोच्च अदालतबाट जारी सूचना प्रविधिको प्रयोगबाट तारिख लिने सम्बन्धी निर्देशिका, २०७२ बमोजिम देहायका समन्वयकर्ता र सम्पर्क व्यक्ति तोकिएको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,” अब विशेष अदालतमा दायर मुद्धाका पक्षले आफूलाई पाएक पर्ने जिल्ला वा उच्च अदालतबाटै अनलाईन मार्फत तारिक लिन सक्ने छन् ।