राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरीने, मन्त्रीहरुले आइतबार नै राजिनामा दिने
- February 05, 2023
- 3 years ago
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरीने भएको छ । आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्रीकाहरुले मन्त्री पदबाट राजीनामा दिने भएका छन् ।
आइतबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले बाहिरीने र मन्त्रीहरुले राजिनामा दिने बताए । ।
राष्ट्रिय स्वतन्त्र पार्टी बाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा। तोसिमा कार्की रहेका छन् ।