राष्ट्रसंघका महासचिव गुटरेस नेपालमा राष्ट्रपति लगायतसंग भेटवार्ता गरिने
- October 29, 2023
- 3 years ago
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस र परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो । शनिवार राती महासचिव गुटरेस नेपाल भ्रमणमा आएका थिए । भ्रमणको पहिलो दिन आइतबार उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार गुटरेसले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यतालिका छ । उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ साथै अन्य उच्च पदस्थ अधिकारीसंग पनि शिष्टचार भेट गर्ने कार्यक्रम रहेको छ ।