रामेछाप काठमाडौं न्यायीक समाजको संयोजकमा बरिष्ठ अधिबक्ता कार्की
- April 27, 2024
- 2 years ago
रामेछाप काठमाडौं न्यायीक समाजको संयोजकमा बरिष्ठ अधिबक्ता बिनोद कार्की चयन भएका छन् । शुत्रबार काठमाडौंमा बसेको समाजको कार्य समिति बैठकले बरिष्ठ अधिबक्ता कार्कीलाई संयोजक चयन गरेको हो । बैठकले संयोजकको सचिवालयमा अधिबक्ता उद्धवकुमार कार्की र शंकर कुमार खड्कालाई चयन गरेको छ ।
बैठकले आगामी श्रवण महिनामा रामेछाप जिल्ला मुलथलो भई काठमाडौं उपत्यकामा कानून तथा न्यायीक क्षेत्रमा कार्यरत सम्पूर्ण व्यक्तिलाई समेटेर बृहत्त भेला गर्ने, तथा रामेछाप जिल्लाका स्थानीय तहमा कानूनी साक्षरता अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।
कानूनी साक्षरता तथा कानूनका विविध विधामा स्थानीय जनप्रतिनिधिहरुलाई अभिमुखिकारण तालिम लगायतको विषयमा कार्य योजना बनाएर लागु गर्ने समेत बैठकले निर्णय गरेका छ ।