प्रसूति गृहबाट शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी । काठमाडौं महानगरभित्र ५२ अस्पतालमा ३७५ निःशुल्क शय्या तयार । राष्ट्रिय सभामा मौलिक हक कार्यान्वयनका लागि कानून निर्माण सम्बन्धी संकल्प प्रस्ताव पेश । सरकारलाई प्रदीप यादवको प्रश्न :जीबी राई कहाँ छन् ? सुनकोसी(मरिण डाइभर्सन स् सुरुङ खन्ने काम पुनः सुरु । जलविद्युत्‌को लाइसेन्स व्यवस्था समयानुकल संशोधन गर्न सकिन्छ ः महानिर्देशक मण्डल । मधेसको खानेपानी समस्या दीर्घकालीन समाधानको प्रयास भइरहेको छ ःमन्त्री यादव । प्रहरी समायोजनमा कानूनी जटिलता रहेकाले छिट्टै संशोधन पास गर्ने गृहमन्त्री श्रेष्ठको भनाई ।

राज्यको सुविधा नलिने उपाध्यक्षका प्रत्याशी कार्कीको घोषणा, आफूले पाउने भत्ता सुविधा महिला र बृद्धबृद्धालाई दिने

  •  May 05, 2022
  • 4 years ago

रामेछाप- रामेछापको गोकुलगंगा गाउँपालिकाका उपाध्यक्षका प्रत्याशी विष्णु कार्कीले आफूले निर्वाचन जिते सेवा सुविधा वापत आउने सम्पूण रकम महिला र बृद्धबृद्धालाई दिने घोषणा गरेका छन् । ने.क.पा. माओवादी केन्द्रको तर्फबाट उपाध्यक्षका उमेद्वार कार्कीले आफूले निर्वाचन जिते सेवा सुविधा बापत पाउने रकम पालिका भित्रका विपन्न महिला र बृद्धबृद्धालाई दिने घोषणा गरेका हुन् । आफूले जनताको सेवा गर्नेका लागि राजनीति गरेको र आफ्नो जीवकोपार्जका लागि राज्यको सेवा लिनु पर्ने अवस्था नभएको भन्दै उनले उपाध्यक्ष जितेको खण्डमा आफूले पाउने सबै सेवा सूविधा जनताकै लागि खर्च गर्ने बताएका हुन् । राजनीतिको नाममा सार्वजनिक पदमा पुगेर भ्रष्टाचार र आर्थिक अनियमितता गर्ने परिपाटी बढेको वेला उपाध्यक्षका प्रत्याशी कार्कीको घोषणाले राजनीति गर्नेहरुले जनताको वास्तविक सेवा गर्नु पर्छ भन्ने सन्देश भएको मतदताहरुले बताएका छन् । युवा व्यवसायी समेत रहेको कार्की समाज सेवा समेत उत्तिकै सकृय ब्यक्ति हुन् । कोरोना भाईरसको संक्रमणको संगै नेपालका पहिलो पटक लकडाउन भएको समयमा काठमाडौं फसेका पालिकाबासीलाई ४० वटा बसमा उद्धार गरी घरसम्म पु¥याउने व्यवस्था गरेका थिए । स्थानीय पालिकाबासीलाई कुनै पनि समस्या परेर तत्काल सहयोग र समन्वय गर्न पुग्ने कार्कीको स्वभावले गर्दा माओवादी केन्द्रका उमेद्धवार कार्कीलाई मतदाताले रुचाएको गोकुलगंगा गाउँपालिकाका वाईसीएल संयोजक रवी नेवारले बताए । आफू र आफ्नो प्यानल विजय भए पालिकामा आएको बजेटलाई सही ढंगले सदुपयोग गर्ने र केन्द्रबाट बजेट ल्याएर सडक, बत्ती, खानेपानी, शिक्षा, स्वास्थ्य र विकास पूर्वधार संगै कृषि तथा रोजगारी र होमस्टे सञ्चालन लगायतका माध्यबाट गोकुलगंगा गाउँपालिकालाई जिल्लाकै नमुना पालिका बनाउने बाउने उपाध्यक्षका प्रत्याशी कार्कीले बताए । विगतमा आवश्यकताको आधारमा भन्दा पनि कार्यकर्तालाई पोस्न मानोमानी बजेट बाड्ने विकृति बढेको र भूकम्पबाट प्रभावित जनतालाई स्थानीय करको नाममा मनोमानी कर लगाएको भन्दै उनले आफ्नो प्यानलले निर्वाचन जिते पालिका भित्र लिने सम्पूर्ण कर छुट गर्ने बताएका छन् । नेकपा (एकीकृत समाजवादी) संग गठबन्धन गरेको माओवादी केन्द्रका तर्फबाट कार्कीले उपाध्यक्ष उमेद्वारी दिएका छन् भने अध्यक्षमा समाजवादीका रुद्र फूयालले उमेद्वारी दिएका छन् ।

सम्बन्धित अन्य

  काठमाडौँ — त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पूर्वाञ्चल विराटनगर सह परीक्षा नियन्त्रक डिल्लीराम […]

  १२ मंसिर, काठमाडौं । सर्वोच्च अदालत जलाएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेका छ […]

  क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं […]

बौद्ध स्तुपामा बौद्धनाथा क्षेत्र विकास समितिले बौद्ध तथा मेलम्ची घ्याङ गुठीको अधिकार क्षेत्रमा हस्तक्षप गर्दा […]

बौद्ध स्तुपामा बुद्धचित्तको दाना टिप्ने क्रममा विवाद भएको छ । बौद्ध तथा मेलम्ची घ्याङ्ग गुठीको […]

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ परेका […]

  काठमाडौँ — सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ […]

  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही […]

पूर्व राजपरिसद स्थायी समिति सदस्य सम्माननीय गणेश बज्र लामाको निधन भएको छ । बौद्ध स्तुपाको […]

  रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ५ का विद्यार्थीहरुलाई झोला तथा स्टेशनरीको सामान वितारण […]

काठमाडौं । प्रा.डा.गोविन्द केसीले सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध पुनरावलोकन नभए अनशन बस्ने चेतावनी दिएका छन् […]

  क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ पाएका छन् । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई […]