राउटे युवतीलाई यौन दुर्व्यवहार गर्ने दुई जनालाई सात वर्ष कैद र दुई लाख जरिवाना
- July 08, 2022
- 4 years ago
राउटे युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा दुई जनालाई सात वर्ष कैद र जनही दुई लाख जरिवाना तोकेको छ ।
सुर्खेत जिल्ला अदालतले राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने चौमन घर्ती मगर र भुपेन्द्र बुढा मगरलाई सात सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना गर्ने आदेश गरेका हो ।
न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले उनीहरूलाई पीडित कोषमा जनही ८ हजार रुपैयाँ जम्मा पनि आदेश दिएको छ। त्यस्तै यौन दुर्व्यवहार गरिएको होटलका सञ्चालक मनबहादुर पुनलाई ३ वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएको छ ।
उनीहरु तीनै जनालाई २०७८ असार १६ गते पुर्पक्षका लागि जेल चलान गरिएको थियो । राउटे युवतीलाई मदिरा खुवाएर यौन हिंसा गरेको भिडियो सार्वजनिक भएपछि २०७८ जेठ २३ गते होटल सञ्चालक सहित उनीहरुलाई प्रहरीले प्रक्राउ गरेको थियो ।