रवि लामिछाने सांसद बन्न अयोग्य रहेको सर्वोच्चको ठहर, ३२ दिन पछि उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदच्युत
- January 27, 2023
- 3 years ago
सर्वोच्च अदातलले रवि लामिछाने सांसद बन्न अयोग्य रहेको ठहर गरेको छ । फैसला संगै उनी उपप्रधान तथा गृहमन्त्री पदबाट मुक्त भएका छन् ।
सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलापछि पुस ११ गते उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त भएका लामिछाने ३२ दिन पछि पदच्युत भएका छन् ।
लामिछानेले अमेरिकी नागरिकता र पासपोर्ट परित्याग गरेपनि पुन ःनेपाल नागरिकता लिने प्रक्रिया पुरा नगरेकाले सांसद बन्न अयोग्य भएको सर्वोच्चको ठहर छ । सर्वोच्च अदालतमा कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासले रिटको फैसला सुनाएको हो । पत्रकारिताबाट राजनीतिमा आएका लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर गत मंसिरमा निर्वाचन होमिएका थिए । उनको पार्टीले २० सिट जितेको छ । हाल सत्ता गठबन्धमा रहेका लामिछानेको पार्टीले उपप्रधान सहित ३ मन्त्री र एक राज्य मन्त्रीको भाग पाएको थियो ।