माओवादीद्धारा एमसीसीको व्याख्यात्मक घोषणा अनुमोदन
- March 07, 2022
- 4 years ago
माओवादी केन्द्रले प्रतिनिधिसभाबाट पारित एमसीसीको व्याख्यात्मक घोषणा अनुमोदन गरेको छ । पार्टी केन्द्रको बैठकद्धारा माओवादीले एमसीसीको ब्यख्यात्मक घोषणालाई अनुमोदन गरेको हो । पार्टीभित्र एमसीसी सम्झौता पारित गरेको विषयलाई लिएर माओवादी भित्र नारायणकाजी श्रेष्ठ लगायतले विरोध गरेका थिए । जारी विवादको असर कार्यकर्तामा नपरोस् भनेर माओवादीले केन्द्रिय समितिबाट यस्तो निर्णय गरेको हो ।
सोमबार काठमाडौंमा सकिएको केन्द्रीय समितिको बैठकले एमसीसीबारे बाहिर समान धारणा राख्ने र पार्टी कमिटीमा फरक धारणा लिएर छलफल गर्ने निर्णय गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए । त्यस्तै एमसीसीबारे पार्टी केन्द्रले अपील निकाल्ने निर्णय गरेको छ ।
पार्टीभित्रका मतभेदमा आन्तरिक रूपमा नै छलफल गर्ने र समाधानको बाटोमा जाने निर्णय लिँदै पार्टीलाई एकताबद्ध बनाएर लैजाने निर्णय
निर्णय माओवादीले गरेको छ ।
बैठकले माओवादीले केन्द्रीय समितिबाट स्थानीय तह निर्वाचन लक्षित कार्यक्रम पनि तय गरेको छ ।