बारा प्रहरी द्धारा एकै दिन ३ सय ३२ जना फरार आरोपित पक्राउ
- January 24, 2023
- 3 years ago
बारा प्रहरीले एकै दिन ३ सय ३२ जना फरार आरोपितहरूलाई पक्राउ गरेको छ ।
उनीहरुलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
विभिन्न अपराध र कसुरमा दोषी ठहर भएर पनि जरिवाना तथा सजायबाट उम्केर बस्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
लामो समयदेखि विभिन्न कसुरमा अदालतबाट मुद्धा फैसला भए पनि लुकीछिपी बस्दै आएका फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेका अभियुक्तहरुमा अधिकांश हत्या, सवारी ज्यान, हातहतियार तथा लागूऔषध ओसारपसार, किर्ते, चोरी डकैती, लेनदेनलगायत मुद्दाका दोषीहरु रहेका छन् ।