बाँकेका जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारी सर्वोच्च तानिए, न्यायसम्पादनमा प्रभावित भएको आरोप
- July 20, 2022
- 4 years ago
बाँकेका जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारी सर्वोच्च अदालतमा तानिएका छन् । मुद्धा फैसलामा आर्थिक लेनदेन गरेको आरोपमा उजुरी परेपछि छानविनका लागि न्यायाधीश अधिकारीलाई सवोच्च तानिएको हो । उनीमाथि न्यायसम्पादनमा सचेत नभएको र घुस लिएको आरोप लागेको छ । बाँकेकी एक महिला अधिकारकर्मीलाई पक्राउ गर्दा विषयमा बस्तु नै नबुझी यान्त्रिक रुपमा पक्राउ अनुमती दिएको भन्दै २८ असोज २०७८ मा सर्वोच्च अदालतले न्यायाधीश अधिकारीमाथि प्रश्न उठाएको थियो ।
त्यसवेला न्यायाधीश सपना प्रधान मल्लको इजलासले बर्खास्तीको सिफारिस गरेको थियो । अधिकारीमाथि सप्तरी जिल्ला अदालतमा हुँदा घुस खाएको आरोप भन्दै उजुरी परेको थियो । तेति वेला उनको खातामा शंकास्पद रुपमा ८ लाख रुपैयाँ भेटिएको थियो ।
उक्त घटनापछि न्यायपरिषद द्धारा कार्वाही गर्ने गरी प्रतिवेदन तयार भए पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई प्रभावित पारेर प्रतिवेदन कार्यान्वयन रोक्न उनी सफल भएका थिए । विभिन्न जिल्लामा रहदा प्रभावित भएर न्यायसम्पादन गरेको उनीमाथि थुप्रै आरोप लागेका छन् ।