बलात्कारको घटनामा दुई वर्ष हद म्याद बढाउने प्रस्ताव
- July 08, 2022
- 4 years ago
काठमाडौँ । बलात्कारको घटनामा हद म्याद दुई वर्ष बढाउने प्रस्ताव गरेको छ । शुक्रबार प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिले छलफलको क्रममा उक्त प्रस्ताव गरेको हो ।
बलात्कार घटनामा हाल एक वर्षमात्र हद म्यादको व्यवस्था रहेको छ । एक युवतीले आठ वर्षअघि अधि आफू माथि सौन्दर्य प्रतियोगितको क्रममा आफूमाथि बलात्कार भएको भन्दै दोषिलाई कारवाहीमा माग गरेको पछि यो बलात्कारमा हदम्यादको विषयले चर्चा पाएको थियो । शुक्रबार भएको छलफलमा बालिगले घटना भएको दुई वर्ष भित्र उजुरी दिन सक्ने प्रस्ताव गरिएको हो ।
बालबालिका अपांग, अशक्त, र बलात्कार भएकी नाबालिगले भने बालिग भएको ३ वर्षपछि अर्थात् २१ वर्षको उमेर हुँदासम्म उजुरी दिन सक्ने प्रस्ताव गरिएको छ । हाल बलात्कारका मुद्धामा मुलुकी अपराध संहिता २०७४ को दफा २२९ मा एक वर्षे हदम्यादको ब्यवस्था गरिएको छ ।