पुनर्बाहालीको माग गर्दै राखेप वोर्ड सदस्यले दायर गरेको रिट उच्च अदालत द्धारा खारेज
- July 13, 2022
- 4 years ago
पुनर्बाहालीको माग राख्दै राष्ट्रिय खेलकुद परिषद(रा.खे.प.) का पाँच जना बोर्ड सदस्यले दायर गरेको रिट उच्च अदालत पाटनले खारेज गरिदिएको छ । बुधबार रिटमाथि सुनुवाई गर्दै उच्चअदालतका न्यायाधीशद्वय ध्रुवराज चन्द र सुदर्शनराज पाण्डेको संयुक्त इजलासले रिट खारेज गरिदिएको हो ।
राष्ट्रिय खेलकुद परिषदका रेणुका श्रेष्ठ, सुवर्ण श्रेष्ठ, सुभास श्रेष्ठ, सम्पन्न श्रेष्ठ र रिम रानाभाटले मंसिर ८ गते युवा तथा खेलकुद मन्त्रालयले गैरकानूनी ढंगले बर्खास्त गरेको भन्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।
मन्त्रालयले गत मंसिर ३ गते राखेपका ९ जना बोर्ड सदस्यलाई बर्खास्त गरेको थियो । यस अधि मंसिर १० गते उच्चले अन्तरीम आदेश दिएपछि खेलकुद मन्त्रालयले मंसिर १० गते ८ जना बोर्ड सदस्य नियुक्त भए पनि जिम्मेवारी लिन पाएका थिएनन् ।
यो आदेश संगै मन्त्रालयले नियुक्ति गरेको काठमाडौंका मोहम्मद फाजिल, हेटौंडाकी पेमा डोल्मा लामा, मकवानपुरका जनकप्रसाद बर्तौला, बर्दियाका दीपेन्द्र विष्ट, रुकुमका प्रकाशकुमार कुसारी, भक्तपुरकी विना नवाछे श्रेष्ठ, गोरखाका अन्जन धमला र बाँकेका श्रीमान थापामगरलाई पदमा रहेर काम गर्ने बाटो खुलेको छ ।