पाकिस्तानको संसदले साेमबार नयाँ प्रधानमन्त्री चयन गर्ने
- April 10, 2022
- 4 years ago
काठमाडौं । पाकिस्तानको संसदले सोमबार नयाँ प्रधानमन्त्री चयन गर्ने भएको छ । प्रधानमन्त्री इमरान खान पद मुक्त भएपछि सोमबार संसदमा नयाँ प्रधानमन्त्री चयन प्रक्रिया अगाडि बढ्ने भएको हो । खान विरुद्धको अविश्वास प्रस्ताव बहुमतले पारित भएपछि खान पदमुक्त भएका थिए ।
गत साता संसदमा अविविश्वासको प्रस्ताव दर्ताभएपछि प्रधानमन्त्री खानले संसद विघटन गरेको थिए । संसद विघटन विरुद्ध विपक्षी दलले सर्वोच्च रिट दायर गरे पनि पाकिस्तानको सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गरिदिएको थियो ।
संसद पुर्नस्थापना लगतै प्रधानमन्त्री विरूद्धको अविश्वास प्रस्तावमाथि मतदान हुँदा खानले बहुमत हासिल गर्न नसेको पछि उनी पद मुक्त भएका थिए । पाकिस्तानको ७५ वर्षे इतिहासमा अहिलेसम्म कुनै प्रधानमन्त्रीले पनि पाँच वर्षे कार्याकाल पूरा गर्न पाएका छैनन् ।
राजनीतिक अस्थिरता र भारतसंग युद्धको समाना गरिरहने पाकिस्तानमा सन् १९९३ मा एकै वर्ष पाँच जना प्रधानमन्त्री समेत परिवर्तन भएका थिए । हाल
नयाँ प्रधानमन्त्रीका लागि सेहेबाज शरीफलाई अगाडी सारिएको छ । उनी पूर्वप्रधानमन्त्री नवास शरीफका भाइ हुन् ।