प्रसूति गृहबाट शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी । काठमाडौं महानगरभित्र ५२ अस्पतालमा ३७५ निःशुल्क शय्या तयार । राष्ट्रिय सभामा मौलिक हक कार्यान्वयनका लागि कानून निर्माण सम्बन्धी संकल्प प्रस्ताव पेश । सरकारलाई प्रदीप यादवको प्रश्न :जीबी राई कहाँ छन् ? सुनकोसी(मरिण डाइभर्सन स् सुरुङ खन्ने काम पुनः सुरु । जलविद्युत्‌को लाइसेन्स व्यवस्था समयानुकल संशोधन गर्न सकिन्छ ः महानिर्देशक मण्डल । मधेसको खानेपानी समस्या दीर्घकालीन समाधानको प्रयास भइरहेको छ ःमन्त्री यादव । प्रहरी समायोजनमा कानूनी जटिलता रहेकाले छिट्टै संशोधन पास गर्ने गृहमन्त्री श्रेष्ठको भनाई ।

पाँच महिनादेखि अवरुद्ध संवैधानिक इजलास शुक्रबारदेखि बस्ने

  •  March 02, 2022
  • 4 years ago

 

 

काठमाडौँ — प्रधान न्यायाधीश प्रकरणका कारण पाँच महिनादेखि अवरुद्ध संवैधानिक इजलास शुक्रबारदेखि बस्ने भएको छ । असोज १३ मा बसेको संवैधानिक इजलासमा त्यसपछि मुद्धाको सुनुवाई भएको छैन । संवैधानिक इजलाशमा संविधानले संघीय ईकाइहरूबीचको विवाद, प्रदेशसभा र संघीय संसद्का सांसद्हरूको अयोग्यतासम्बन्धी र निर्वाचनसम्बन्धी विवाद तथा तीनै तहका व्यवस्थापिकाले बनाएका कानुन संविधानसँग बाझिएका विवाद हेर्ने संबैधानिक व्यवस्था छ ।

त्यस्तै संविधान र कानूनको गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएका मुद्धाहरु समेत संबैधानिक इजालाशले हेर्ने गर्दछ ।

 

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक विघट गरेको प्रतिनिधिसभा संबैधानिक इजलाशले पुनःस्थाप्ना गर्ने फैसला गरेको थियो । हाल तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा गरिएको नियुक्ति बदर गर्न माग गरिएका मुद्दा, मधेस प्रदेशले संघीय सरकारविरुद्ध दायर गरेका प्रादेशिक अधिकारसम्बन्धी मुद्दा, वामदेव गौतमको राष्ट्रिय सभामा गरिएको मनोनयनविरुद्धको मुद्दा, प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विवादलगायत मुद्धा संबैधानिक इजलाशमा छन्।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश र न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले तोकेका अन्य चार जना न्यायाधीश रहने व्यवस्था छ । हाल न्यायपरिषदले सर्वोच्च अदालतका न्यायाधीशहरू मिरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, तेजबहादुर केसी, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको नाम संवैधानिक इजलासका लागि सिफारिस गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा संवैधानिक इजलास बस्नेछ । शुक्रबारदेखि का.मु. प्रधानन्यायाधीश कार्कीले न्याय परिषद्को सिफारिसमा परेका न्यायाधीशमध्येबाट बरिष्ठताको आधारमा संबैधानिक इजलास गठन गर्नेछन् ।

सम्बन्धित अन्य

  काठमाडौँ — त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पूर्वाञ्चल विराटनगर सह परीक्षा नियन्त्रक डिल्लीराम […]

  १२ मंसिर, काठमाडौं । सर्वोच्च अदालत जलाएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेका छ […]

  क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं […]

बौद्ध स्तुपामा बौद्धनाथा क्षेत्र विकास समितिले बौद्ध तथा मेलम्ची घ्याङ गुठीको अधिकार क्षेत्रमा हस्तक्षप गर्दा […]

बौद्ध स्तुपामा बुद्धचित्तको दाना टिप्ने क्रममा विवाद भएको छ । बौद्ध तथा मेलम्ची घ्याङ्ग गुठीको […]

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ परेका […]

  काठमाडौँ — सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ […]

  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही […]

पूर्व राजपरिसद स्थायी समिति सदस्य सम्माननीय गणेश बज्र लामाको निधन भएको छ । बौद्ध स्तुपाको […]

  रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ५ का विद्यार्थीहरुलाई झोला तथा स्टेशनरीको सामान वितारण […]

काठमाडौं । प्रा.डा.गोविन्द केसीले सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध पुनरावलोकन नभए अनशन बस्ने चेतावनी दिएका छन् […]

  क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ पाएका छन् । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई […]