पल शाहलाई जिल्ला अदालत तनहुँले दियो सफाइ
- January 17, 2023
- 4 years ago
नाबालिका बलात्कारको आरोपलागेका अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो ।
सहयोगीको भूमीका खेलेको आरोप लागेका पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि अदालतले सफाइ दिएको छ ।
शाहमाथि बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा मुद्दा दायर भएको थियो ।
सोही मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई बलात्कार मुद्दामा सफाइ दिए पनि बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । उक्त फैसलाविरुद्ध पलले उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन् ।
गत फागुन ११ गते नाबालिकाका बुबाले पलविरुद्ध तनहुँ र नवलपुर जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए पनि शाह फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए ।