पक्राउ पुर्जी जारी भएपछि पूर्व सांसद शर्पा आफै प्रहरी कार्यालय पुगे
- May 15, 2023
- 3 years ago
काठमाडौं । पक्राउ पुर्जी जारी भएपछि पूर्वसभासद आङटावा शेर्पा आफै प्रहरी कार्यालयमा उपस्थित भएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा शपक्राउ परेकाहरुले बयानका क्रममा पूर्व सांसद शेर्पाको नाम पोले पछि प्रहरीले जिल्ला अदालत काठमाडौंबाट उनी विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । यस अधि भुटानी शरनार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई भेट्न उनी परिसर टेकुमा पुगेको थिए । भेटको क्रममा पक्राउ परेकाहरुलाई पैसा फिर्ता गर्न तर अन्य ब्यक्तिको नाम नपोल्न उनले आग्रह गरेको विषय बाहिर आएको थियो ।
नक्कली भुटानी शरनार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई,नेकपा एमालेका नेता तथा सांसद टोपबहादुर रायमाझी, लगायत पक्राउ परिसकेका छन् ।