न्यायाधीश श्यामसुन्दर अधिकारी बर्खास्त, आर्थिक मुलाहिजा गरेको न्यायपरिषदको ठहर
- August 31, 2022
- 4 years ago
काठमाडौं । न्यायपरिषद बैठकले जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीलाई बर्खास्त गरेको छ । बिहीबार बसेको बैठकले न्यायाधीश अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो । न्यायाधीश अधिकारी जिल्ला अदालत बाँकेको न्यायाधीश हुँदा आर्थिक स्वार्थ र लेनदेनका कारण न्याय सम्पादन प्रभावित पारेको उजुरी परेको र त्यसमा छानविन गर्दा दोषि पाईएको परिषदका प्रवक्ता मानबहादुर कार्कीले बताए । न्यायपरिषदका उजुरी परेपछि उनलाई सर्वोच्च अदालतमा तानिएको थियो ।
बाँकेकी अधिकारकर्मी रुवी खानलाई पक्राउ गर्दा तथ्य नबुझी यान्त्रिक रुपमा पक्राउ अनुमती दिएको समेत उनी माथि आरोप लगेको थियो ।न्यायाधीश अधिकारीमाथि सप्तरी जिल्ला अदालतमा हुँदा घुस खाएको आरोप समेत लगेको थियो । त्यस वेला न्यायाधीश अधिकारीको खातामा शंकास्पद रुपमा ८ लाख रुपैयाँ भेटिएको थियो ।
त्यस विषयमा उजुरी परेपछि न्यायाधीश सपना प्रधान मल्लको इजलासले उनलाई बर्खास्तीको सिफारिस गरे पनि कार्यान्वयन भएको थिएन ।
सप्तरीको पनि उनी कालिकोट र बाँके सरुवा भएका थिए ।