न्यायपरिषद् द्धारा २२४ जना जिल्ला न्यायाधीशहरुको सरुवा
- July 26, 2022
- 4 years ago
न्यायपरिषद्को बैठकले २२४ जना जिल्ला न्यायाधीशहरुको सरुवा गरेको छ।
मंगलबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा बसेको परिषद्को बैठकले तीन वर्षभन्दा लामो समय एउटा जिल्लामा काम गरेको न्यायाधीशहरुको सरुवा गरेको हो।
त्यस्तै परिषद्ले उच्च अदालतका लागि २७ न्यायाधीशको आवेदन माग गर्ने निर्णय पनि गरेको छ। बैठकले जिल्ला न्यायाधीशका लागि आवेदन आव्हान गरेका निवेदमा २०० जना मध्ये ६३ जनालाई प्रारम्भिक छनोट गरेको छ। त्यस मध्ये २१ न्यायाधीश छनोट गरिने छ ।