नेपाल बार निर्वाचन : अध्यक्षमा गोपालकृष्ण घिमिरे सुनिश्चित, घिमिरेको प्यानल जित नजिक
- April 08, 2022
- 4 years ago
काठमाडौं । नेपाल बार एशोसिएशनको अध्यक्षमा गोपालकृष्ण घिमिरेको विजय सुनिश्चित भएको छ । घिमिरेसंगै उनको प्यानल नै जितको निकट रहेको छ । हासम्मको मत परिणाम हेर्दा घिमिरेले ३ हजार ७२८ मत पाएका छन् भने उनका प्रतिस्पर्धी विष्णुमणि अधिकारीले १ हजार ९ सय ७७ मत पाएका छन् ।
१५ सय मत गणना गर्न बाँकी छदा घिमिरेको यो अग्रताले उनको जित सुनिश्चित भएको छ । महासचिवमा पनि घिमिरे प्यानलकी अन्जिता खनालले ३ हजार १७५ पाएकी छिन भने उनको प्रतिस्पर्धी केदार कोइरालाले २ हजार ३ सय ४५ मत पाएका छन् । बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहका अध्यक्ष घिमिरे सहित उनको प्यानल नै जित निकट देखिएको छ ।
९ हजार ७०८ मतदाता रहेको बारको निर्वाचनमा ७ हजार ४२९ मत खसेको थियो । कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशन २६ औं केन्द्रीय कार्यसमितिको निर्वाचत चैत १९ गते सम्पन्न भएको थियो ।
नेपाल बारको निर्वाचनमा सत्ता गठबन्धन निकट कानून व्यवसायी बृहत लोकतान्त्रिक प्रगतिशील प्यानल बनाएर निर्वाचनमा सहभागी भएका थिए भने एमाले निकट कानून व्यवसायीहरु प्रगतिशिल प्यानल बनाएर निर्वाचनमा भाग लिएका थिए ।