नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ
- February 02, 2023
- 3 years ago
काठमाडौँ — नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । बिहीबार उनलाई बाँकेबाट प्रहरीले पक्राउ गरेको हो ।
सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी उनलाई प्रहरीले पक्राउ गरेको हो ।
कैलाली जिल्ला अदालतले १० वर्षअघि आगजनी गरेको कसूरमा उनीमाथि ६ महिना कैद र ८ लाख जरिवाना गर्ने फैसला गरेको थियो । उक्त फैसला बमोजिम सजाय नभोगी उनी कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
कैलालीको तत्कालिन बलिया गाबिसका महादेव बजगाईले आफ्नो ट्रयाक्टरमा आगजनी गरेको भन्दै चौधरीसहितका विरुद्ध किटानी जाहेरी दिएका थिए । यही मुद्दामा पर्शुराम चौधरी र बीरबहादुर चौधरीलाई पनि अदालतले दोषी ठहर गर्दै कैद सजाय र जरिवाना गरेको थियो ।
यस्तो छ कैलाली जिल्ला अदालतको फैसला स्