नव नियुक्त मन्त्रीले लिए शपथ, यस्तो बन्यो मन्त्री मण्डल
- January 17, 2023
- 4 years ago
नयाँ नियुक्त भएका मन्त्रीहरूले शपथ लिएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहित नयाँ मन्त्रीहरूलाई मंगलवार दिउँसो शितल निवासमा शपथ खुवाएकी हुन्।
लिङ्देन ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्री भएका छन्। राप्रपाबाटै ध्रुबबहादुर प्रधान कानून मन्त्री भए, बिक्रम पाण्डे सहरी विकास मन्त्री र दीपक सिंह ऊर्जा राज्यमन्त्री भएका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल शिक्षामन्त्री, डिपी अर्याल श्रम मन्त्री र तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बनाइएको छ ।
नेकपा माओवादी केन्द्रबाट रेखा शर्मा सञ्चारमन्त्री, सुदन किराती संस्कृति, पर्यटन मन्त्री, अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, सुशीला श्रीपाली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री भएकी छिन् ।
नेकपा एमालेबाट रक्षामन्त्री हरि उप्रेती, परराष्ट्र विमला राई पौडेल, स्वास्थ्य मन्त्रीमा पदम गिरी, महिला बालबालिका मन्त्रीमा भगवती चौधरी, ज्वालाकुमारी साह कृषि मन्त्री, राजेन्द्र राई भूमि व्यवस्था सहकारी मन्त्री, उद्योग मन्त्रीमा दामोदर भण्डारी मन्त्री बनेका छन् ।
यसअघि गत पुस ११ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ लिँदा माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई उपप्रधान तथा भौतिक योजना मन्त्री, एमाले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधान र अर्थमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनेका थिए ।
जनमत पार्टीबाट अब्दुल खान खानेपानी मन्त्री भएका छन्।