नयाँ सरकार गठनका लागि कांग्रेसको दाबी माओवादी अध्यक्ष प्रचण्डले पनि दाबी नछाड्ने
- December 18, 2022
- 4 years ago
काठमाडौं । नेपाली कांग्रेसले नयाँ सरकारको नेतृत्वमा दाबी गरेको छ । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो ।
गठबन्धनको सरकारलाई निरन्तरता दिन गठबन्धनको नेतृत्वसँग छलफल गर्ने निर्णय भएको कांग्रेस प्रवक्ता प्रकाशशरण महत बताए ।
गठबन्धनको अर्को घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरेका छन् । तर प्रचण्डले पहिलो चरणमा प्रधानमन्त्री हुने इच्छा राख्नु अनुचित नभएको कांग्रेसले बताएको छ । ठूलो दल भएकाले आफ्नो नेतृत्वमा सरकार बनाउनुपर्ने भन्दै कांग्रेस प्रवक्ता महतले कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने विषयमा गठबन्धनभित्र र अन्य दलहरुसँग पनि छलफल हुने बताए ।
आइतबारकै बैठकले संसदीय दलको नेता चयनका लागि सहमहामन्त्री भीष्मराज आङ्देम्बेको नेतृत्वमा निर्वाचन समिति बनाएको छ । मंगलबार र बुधबार भित्र संसदीय दलको चुनाव हुने छ ।