नक्कली शरणार्थी प्रकरणका अरोपीलाई पाँच वटा मुद्धा सहित अभियोग दार्ता
- May 24, 2023
- 3 years ago
काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणको अभियोग जिल्ला आदालत काठमाडौँंमा दर्ता गरेको छ ।
भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरेको प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थीका नेता एकनाथ रिजाल लगायत ३० जना विरुद्ध अभियोग दर्ता गरिएको छ । उनीहरु विरुद्ध ठगी, लिखत कीर्ते, राज्यविरूद्ध र संगठित अपराध र एकीकृत कसुर गरी पाँच वटा मुद्धा मुद्धा लगाएर २२४ पृष्ठ लामो अभियोग दर्ता भएको हो ।
नक्कली शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा प्रहरीले प्रतिवेदनका साथमा पक्राउ परेका १६ जनालाई पेश गरेको गरिएको छ । यस प्रकरणमा प्रहरीले १४ जनालाई फरार प्रतिवादी बनाइएको छ। पक्राउ पर्नेमा केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, टेकनारायण पाण्डे, टोपबहादुर रायमाझी, सन्दीप रायमाझी, इन्द्रजित राई, बालकृष्ण खाण, नरेन्द्र केसी, आङटावा शेर्पा, टेकनाथ रिजाल, शमशेर मियाँ, रामशरण केसी र गोविन्द चौधरी छन्।