प्रसूति गृहबाट शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी । काठमाडौं महानगरभित्र ५२ अस्पतालमा ३७५ निःशुल्क शय्या तयार । राष्ट्रिय सभामा मौलिक हक कार्यान्वयनका लागि कानून निर्माण सम्बन्धी संकल्प प्रस्ताव पेश । सरकारलाई प्रदीप यादवको प्रश्न :जीबी राई कहाँ छन् ? सुनकोसी(मरिण डाइभर्सन स् सुरुङ खन्ने काम पुनः सुरु । जलविद्युत्‌को लाइसेन्स व्यवस्था समयानुकल संशोधन गर्न सकिन्छ ः महानिर्देशक मण्डल । मधेसको खानेपानी समस्या दीर्घकालीन समाधानको प्रयास भइरहेको छ ःमन्त्री यादव । प्रहरी समायोजनमा कानूनी जटिलता रहेकाले छिट्टै संशोधन पास गर्ने गृहमन्त्री श्रेष्ठको भनाई ।

द्वन्द्वकालिन मानवअधिकार उल्लंघनका घटना दुई समूहमा छुट्याएर कारवाही गरिने

  •  July 17, 2022
  • 4 years ago

सशस्त्र द्वन्द्वकालमा भएका घटनाहरु मानवअधिकार उल्लंघनका घटनालाई दुई समूहमा छुट्याएर कारवाही गर्ने गरी संसदमा संक्रमणकालिन न्याय सम्बन्धी विधेयक संसदमा दर्ता भएको छ । कानून मन्त्री गोविन्द बन्दीले दर्ता गराएको संक्रमणकालिन न्यायसम्बन्धी विधेयकमा जबरजस्ती करणी, बेपत्ता क्रुर यातना र नियन्त्रणमा लिएर हत्या गरिएका घटनामा दोषिलाई कार्वाही गर्ने गरी विधेयक दर्ता गरेका हुन् ।

कानून मन्त्री गोविन्द बन्दीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन– २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा हत्या, यौनजन्य हिंसा, शारीरिक तथा मानसिक यातना, अपहरण तथा शरीर बन्धक बनाउने, गैरकानुनी थुनामा राख्ने, कुटपिट, अंगभंग, व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति लुटपाट आगजनी तथा तोडफोड लगायतलाई मानवअधिकार उल्लंघनमा राखिएको छ ।

क्रुर यातना दिई वा निर्मतापूर्वक ज्यान मारेको, जबरजस्ती करणी, जबरजस्ती वेपत्ता पार्ने कार्य र अमानवीय वा क्रुरतापूर्वक दिएको यातनालाई भने मानवअधिकारको गम्भीर उल्लंघनमा राखेको छ ।‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ मा क्षमादान, परिपूरण, द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका घटना हेर्नका लागि विशेष अदालत गठन लगायतका व्यवस्था राखिएका छन् । विधेयकमा २०८१ सालको असार मसान्तसम्म दुवै आयोगबाट संक्रमणकालीन न्यायको सबै काम टुंग्याउने भनिएको छ । काम नसकिएमा एक वर्ष म्याद थप्ने अधिकार सरकारलाई हुने व्यवस्था पनि विधेयमा राखिएको छ ।

लामो समयसम्म सत्य निरुपण तथा मेलमिलाम आयोगले द्धन्द्धकालिन गम्भीर उलंघनका घटनाका दोषिलाई कारवाही नभएको भन्दै आलोचना भइरहेका वेला सरकारले संशोधन विधेयक संसदमा दर्ता गराएको हो ।

 

 

सम्बन्धित अन्य

  काठमाडौँ — त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पूर्वाञ्चल विराटनगर सह परीक्षा नियन्त्रक डिल्लीराम […]

  १२ मंसिर, काठमाडौं । सर्वोच्च अदालत जलाएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेका छ […]

  क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं […]

बौद्ध स्तुपामा बौद्धनाथा क्षेत्र विकास समितिले बौद्ध तथा मेलम्ची घ्याङ गुठीको अधिकार क्षेत्रमा हस्तक्षप गर्दा […]

बौद्ध स्तुपामा बुद्धचित्तको दाना टिप्ने क्रममा विवाद भएको छ । बौद्ध तथा मेलम्ची घ्याङ्ग गुठीको […]

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ परेका […]

  काठमाडौँ — सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ […]

  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही […]

पूर्व राजपरिसद स्थायी समिति सदस्य सम्माननीय गणेश बज्र लामाको निधन भएको छ । बौद्ध स्तुपाको […]

  रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ५ का विद्यार्थीहरुलाई झोला तथा स्टेशनरीको सामान वितारण […]

काठमाडौं । प्रा.डा.गोविन्द केसीले सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध पुनरावलोकन नभए अनशन बस्ने चेतावनी दिएका छन् […]

  क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ पाएका छन् । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई […]