दाइजो माग्ने पति जेल चलान
- January 06, 2023
- 4 years ago
जिल्ला अदालत महोतरीले दाइजोसम्बन्धी कसूरमा एक जनालाई जेल चालन गरिएको छ । जेल चलान हुनेमा डा. पंकज चौधरी भन्ने व्यक्ति रहेका छन् । उनकी पत्नी नेहा चौधरीले धाइजो नल्याएको भन्दै पतिले घेरेलुहिंसा गरेको भन्दै जोहरी परेको थियो । शुक्रबार भएको थुनछेकपछि चौधरीलाई न्यायाधीशद्वय हरिप्रसाद उपाध्याय र श्रवण पंगेनीको संयुक्त इजलासले पूपक्षकालागी थुनामा राख्न आदेश दिएको हो । तीनवर्षको प्रेम पश्चात २५ फागुन २०७८ मा नेहा र पंकजबीच सामाजिक परम्परा अनुसार जनकपुरधामको राजदरबार होटेलमा विवाह सम्पन्न भएको थियो । विवाह पछि पंकजले काठमाडौंमा घर किनिदिन भन्दै आफूलाई यातना दिइरहेको श्रीमती नेहा चौधरीले आरोप लगाउँदै आएकी छन् । पंकजले भने आफूमाथि लगाएको आरोप निराधार रहेको दावी गर्दै आएका छन् । उनले आफूले विवाह गर्न नमान्दा पनि विवाह गर्न बाध्य पारेको बताउने गरेका छन् । नेहाले श्रीमान पंकज र परिवारका सदस्यविरूद्ध बकसपत्र बदर, जालसाजी, घरेलु हिंसा, दाइजो, मानाचामल र अंश मुद्दा दायर गरेकी छन् भने पंकजले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन् ।