तपस्वी बम्जनलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश
- January 11, 2024
- 2 years ago
जिल्ला अदालत सर्लाहीले तपस्वी रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । विहिवार जिल्ला प्रहरी कार्यालयले सर्लाही बम्जनलाई अदालतमा हाजिर गराएको थियो । हाजिर पछि उनको बयान सकिए लगतै थुनछेक बहस भएको थियो ।
अदालतको आदेशपछि बम्जनलाई जिल्ला कारागार महोत्तरीमा पूपक्षका लागि थुनामा राखिएको छ । सर्लाहीको पत्थरकोटस्थित बम्जनको आश्रमस्थलमा आनी बनेर बसेकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोप लगाउँदै तपस्वी बताउने बम्जनविरुद्ध बाल यौन शोषणको जाहेरी परेको थियो ।
उक्त जाहेरी पछि प्रहरीले दुई पटक तपस्वी बम्जनलाई पक्राउ गर्न उनको आश्रममा छापा मारेको थियो । गत मंगलबार मात्र उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यरोले पक्राउ गरेको थियो ।