गृहमन्त्री लामिछानेको नागरिकता विवादमा आजै फैसला सुनाउने तयारी,सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा
- January 27, 2023
- 3 years ago
काठमाडौं। सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा आजै फैसला सुनाउने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।
गत बुधबारदेखि सुरु भएको अन्तिम सुनुवाइ आज पूरा भएको छ । सर्वोच्च अदालतमा गत बुधबार नै सबै लिखित जवाफ, बहसनोट र लामिछानेको नागरिकता छानबिनका कागजात पेश भइसकेको छ । आजै फैसला सुनाउने तयारी भएपछि सुरक्षा व्यवास्था कडा परिएको हो ।