गभर्नर अधिकारीको सर्वोच्चलाई जवाफ : शैक्षिक योग्यता पुगेकै छ
- February 23, 2024
- 2 years ago
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन् । शैक्षिक योग्यता सम्बन्धी मुद्दा खेपिरहेका गभर्नर अधिकारीले वारिस शिवराज भुर्तेलमार्फत जवाफ पेश गरेका हुन् । अधिकारीले राष्ट्र बैङ्कको उच्चस्तरको व्यवस्थापकीय जिम्मेवारीहरूमा रही बैङ्कको गभर्नर सरहकै योग्यता रहेको र डेपुटी गभर्नर पदमा नियुक्त भई बैङ्कको सञ्चालकको जिम्मेवारीमा रहेको भन्दै रिट खारेज हुनु पर्ने जिकिर गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट सन १९८८ मा वाणिज्य प्रशासनमा स्नातक र सन् १९९३ मा भारतबाट चार्टर्ड एकाउन्टेन्ट उत्तीर्ण गरेकाले गभर्नर हुने योग्यता पुगेको उनको जवाफमा उल्लेख छ ।
राष्ट्र बैङ्कको गभर्नर हुन योग्यता नपुगेको भन्दै अधिवक्ता दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले गलत गत वर्ष पुस १२ गते सर्वोच्चमा रिट दिएका थिए ।