गणतन्त्र दिवसको अवसरमा ८१८ जना कैदीको बाँकी कैद सजाय मिनाहा
- May 29, 2022
- 4 years ago
काठमाडौं । गणतन्त्र दिवसको अवसरमा सरकारले ८१८ जना कैदीको बाँकी कैद सजाय मिनाहा गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूको कैद सजाय मिनाहा गरिदिएकी हुन् । आधा सजाय कटेको सर्वोच्चको आदेश समेतको आधारमा ४० प्रतिशत कैद सजाय भुक्तान गरेका असल चालचलन भएका खड्ग श्रेङ लिम्बुसहित २७१ जना र नरबहादुर साँवासमेतका ५४७ गरी कुल जम्मा ८१८ जना कैदीहरूको बाँकी कैद सजाय मिनाहा भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन)ं ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर )कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७९२र१० को बैठकको सिफारिसमा मिति २०७९र२र१५ गते देखि लागु हुने गरी गणतन्त्र दिवस, २०७९ को अवसरमा माफी मिनाहा भएको राष्ट्रपति कार्यालय द्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यसैगरी उमाकान्त पराजुलीसहहित १६ जना कैदीलाई आममाफी दिइएको छ ।
ूसंविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९र२र१३ को बैठकको सिफारिसमा उमाकान्त पराजुलीसमेतका १६ जना कैदीहरूको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम कैद सजाय गणतन्त्र दिवस, २०७९ को अवसरमा माफी दिएको राष्ट्रपतिको कार्यालय द्धारा जारी विज्ञप्तीमा उल्लेखि गरिएको छ ।