प्रसूति गृहबाट शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी । काठमाडौं महानगरभित्र ५२ अस्पतालमा ३७५ निःशुल्क शय्या तयार । राष्ट्रिय सभामा मौलिक हक कार्यान्वयनका लागि कानून निर्माण सम्बन्धी संकल्प प्रस्ताव पेश । सरकारलाई प्रदीप यादवको प्रश्न :जीबी राई कहाँ छन् ? सुनकोसी(मरिण डाइभर्सन स् सुरुङ खन्ने काम पुनः सुरु । जलविद्युत्‌को लाइसेन्स व्यवस्था समयानुकल संशोधन गर्न सकिन्छ ः महानिर्देशक मण्डल । मधेसको खानेपानी समस्या दीर्घकालीन समाधानको प्रयास भइरहेको छ ःमन्त्री यादव । प्रहरी समायोजनमा कानूनी जटिलता रहेकाले छिट्टै संशोधन पास गर्ने गृहमन्त्री श्रेष्ठको भनाई ।

खेती योग्य जमिन बाँझो राखे १ लाख जरिवाना

  •  June 01, 2022
  • 4 years ago

काठमाडौं  । सरकारले खेतीयोग्य जमिन बाँझो राख्नेलाई १ लाख रुपैयाँ जरिवाना गर्ने गरी नयाँ कानून ल्याएको छ । मंगलबार भूमि व्यवस्था मन्त्रालयमाअ पत्रकार सम्मेलन गर्दै भूमि व्यवस्था मन्त्री शशी श्रेष्ठले यस्तो जानकारी गराएकी हुन् । मन्त्री श्रेष्ठले भूउपयोग नियमावली २०७९ स्वीकृत भएको र काबु बाहिरको परिस्थिति बाहेक कृषि क्षेत्रमा वर्गीकृत जमिन लगातार तीन वर्षसम्म बाँझो राखेमा १ लाख रुपैयाँसम्म जरिवाना कानूनी व्यवस्था गरिएको जानकारी दिइन् ।

नियमावलीमा खेतीयोग्य जमिनलाई घडेरीको रुपमा खण्डीकरण गर्न नमिल्ने व्यस्था गरिएको छ। २०७६ भदौ ६ गते भू–उपयोग ऐन जारी भएको थियो । उक्त ऐनलाई कार्यानवय गर्नका लागि नियमावली स्वीकृत गरिएको हो । नियमावलीमा संघ, प्रदेश र स्थानीयस्तरमा भूउपयोग योजना तर्जुमा गर्ने, भूमीको वर्गीकरण र योजनाअनुसार भूमिको उपयोग गर्ने लगायतका कानूनी व्यवस्था गरिएको छ ।

नियमावली स्वीकृत भएसंगै कृषियोग्य जग्गाको संरक्षण र समुचित उपयोगमार्फत उत्पादन र उत्पादकत्व बृद्धि गर्ने, खाद्य सुरक्षा र खाद्य सम्प्रभुता सुनिश्चित गर्ने, बस्ती र आवास क्षेत्रलाई सुरक्षित गर्न सजिलो हुने मन्त्री श्रेष्ठले बताइन् । २०७७ वैशाख २९ गते नै भूउपयोग नियमावलीको मस्यौदा तयार भएको थियो ।

तर मन्त्रिपरिषदले फिर्ता पठाए पछि पुन २०७८ माघ ६ गते मन्त्रिपरिषदमा पेश गरिएको नियमावली २०७९ जेठ ९ गते स्वीकृत भएको हो । यो नियमावली जारी भएसंगै भूमीको वर्गीकरण गर्न र खेती योग्य जमिनको खण्डीकरण रोक्न सहज हुने अपेक्षा गरिएको छ । यद्यपी अहिले गाउँमा अधिकांश जमिन बाझौ नै रहेको अवस्थामा १ लाख रुपैयासम्म जरिवाना गर्ने गरी आएको भूउपयोग नियमावली कार्यान्वयमा भने चुनौति देखिन्छ ।

सम्बन्धित अन्य

  काठमाडौँ — त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पूर्वाञ्चल विराटनगर सह परीक्षा नियन्त्रक डिल्लीराम […]

  १२ मंसिर, काठमाडौं । सर्वोच्च अदालत जलाएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेका छ […]

  क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं […]

बौद्ध स्तुपामा बौद्धनाथा क्षेत्र विकास समितिले बौद्ध तथा मेलम्ची घ्याङ गुठीको अधिकार क्षेत्रमा हस्तक्षप गर्दा […]

बौद्ध स्तुपामा बुद्धचित्तको दाना टिप्ने क्रममा विवाद भएको छ । बौद्ध तथा मेलम्ची घ्याङ्ग गुठीको […]

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ परेका […]

  काठमाडौँ — सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ […]

  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही […]

पूर्व राजपरिसद स्थायी समिति सदस्य सम्माननीय गणेश बज्र लामाको निधन भएको छ । बौद्ध स्तुपाको […]

  रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ५ का विद्यार्थीहरुलाई झोला तथा स्टेशनरीको सामान वितारण […]

काठमाडौं । प्रा.डा.गोविन्द केसीले सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध पुनरावलोकन नभए अनशन बस्ने चेतावनी दिएका छन् […]

  क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ पाएका छन् । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई […]