क्रिकेटर सन्दीप लामिछाने विरुद्ध सर्वोच्चमा दायर निवेदनको शुत्रवार सुनुवाई हुने
- February 02, 2023
- 3 years ago
काठमाडौँ — क्रिकेटर सन्दीप लामिछानेलाई पूरपक्षका लागि थुनामै राख्नु पर्ने भन्दै सर्वोच्चमा दायर निवेदनको शुत्रवार सुनुवाई हुने भएको छ । तीन वर्ष भन्दा बढी सजाय हुने अभियोग लागेको मुद्धामा थुनामै राखेर मुद्धाको पूरपक्ष गर्नु पर्नेमा उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंको थुनामा राख्ने आदेशलाई उल्टाई दिएको भन्दै महान्यायाधीवक्ताको कार्यालय असन्टुस्ट बनेको थियो ।
त्यसको विरुद्ध महान्यायाधीवक्ताको कार्यालयले सर्वोच्चमा उक्त आदेशको पुनरावलोकनका लागि निवेदन दायर गरेको थियो ।
नाबालिका बलात्कार आरोपमा लामिछानेलाई उच्च अदालतले पुस २८ गते २० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । त्यसका विरुद्ध गत बिहीबार महान्यायाधीवक्ता कार्यालयले उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च जाने निर्णय गरेको थियो ।