कानून व्यवसायी द्धारा ‘रामेछाप – काठमाडौं कानून समाज’ गठन
- March 16, 2024
- 2 years ago
रामेछापबाट काठमाडौँमा बसी कानुन व्यवसाय गर्ने कानून व्यवसायीहरुको भेलालले रामेछाप – काठमाडौं कानून समाज गठन गरेको छ ।
शुत्रबार बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा भएको कानून व्यवसायीहरुको भेलाबाट समाज गठन गरिएको हो ।
भेलाले जिल्लाका आठ पालिकाबाट एक एक जना गरि आठ जना अधिवक्ता र तीन जना वरिष्ठ अधिवक्ता गरि ११ जनाको तदर्थ समिति गठन गरिएको छ ।
तदर्थ समितिमा वरिष्ठ अधिवक्ताहरू रमेश रोका, नारायण प्रसाईँ र बिनोद कार्की रहेका छन् भने उमाकुण्ड गाउँपालिकाबाट अधिवक्ता रामचन्द्र बस्नेत, गोकुलगङ्गा गाउँपालिकाबाट उद्धवकुमार कार्की, लिखु तामाकोसीबाट नवीन केसी, मन्थली नगरपालिकाबाट रमेशराज कार्की, रामेछाप नगरपालिकाबाट लोकहरि दाहाल, सुनापति गाउँपालिकाबाट शङ्करकुमार खड्का, दोरम्बा शैलुङ गाउँपालिकाबाट भूमिराज आले र खाँडादेवी गाउँपालिकाबाट थरी प्रसाद कँडेल रहेका छन् ।
समाजले रामेछाप जिल्ला घर भई काठमाडौँमा कानून तथा न्याय क्षेत्रमा अबद्ध कानुन व्यवसायी, सरकारी वकिल, न्यायाधीश, पूर्वन्यायाधीश लगायत, कानुन अधिकृत साथै कानून क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने व्यक्तिहरुलाई समेटदै लगिने बरिष्ठ अधिबक्ता रमेश रोक्काले बताएन । कानून क्षेत्रमा रहेको जिल्लाबासीहरुलाई संगठित गर्दै पेशागत सहकार्य, भावनात्मक सम्बन्ध अभिबृद्धि साथै कानूनी साक्षरता सम्बन्धी गतिविधि गर्नु समाजको मुख्य उद्देश्य रहेको अर्को बरिष्ठ अधिबक्ता विनोद कार्कीले बताए ।
कार्यक्रममा सर्वोच्च बार एसोसिएसनका सचिव श्याम खत्री, ललितपुर बारका सचिव छोनाम मोक्तान, वरिष्ठ अधिवक्ताहरू बिनोद कार्की, रमेश रोका, नारायण प्रसाईँ, अधिवक्ता नानीबाबु दाहाल लगायत करिब ६० जना भन्दा अधिवक्ताहरूको उपस्थित रहेको थियो ।