कानून घरका निर्देशक अधिबक्ता नेपाल का.मु. प्रधानन्यायाधीशद्धारा सम्मानित
- July 10, 2022
- 4 years ago
काठमाडौं । कानून घरका प्रबन्ध निर्देशक अधिवक्ता रामहरि नेपाल कानूनी क्षेत्रमा उत्कृष्ट लेख रचना बापत पुरस्कृत भएका छन् । कानूनी क्षेत्रमा उत्कृष्ट लेख लेखे बापत नेपाललाई एकै पटक दुई वटा पुरस्कार प्रदान गरिएको छ । शनिवार राजधानीमा आयोजित एक समाराहका वीच नेपाललाई “बाणिज्य कानून रचना पुरस्कार २०७७” र “लैङ्गिक कानून पुरस्कार २०७८” बाट पुरस्कृत गरिएको हो ।
बाणिज्य तर्फ “चेक अनादर कानून र अभ्यास” शीर्षको लेखका लागि “भारतराज उप्रेती स्मृति पुरस्कार ” र लैङ्गिक कानून तर्फ “घरेलु हिंसा कानून र प्रभावकारी ः एक सिहावलोकन” लेख बापत “सितामैया सिंह थापा स्मृति पुरस्कार” प्रदान गरिएको हो । पुरस्कृत नेपाललाई कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र पूर्व प्रधानन्यायाधीश रामकुमार साहले ५० हजार नगद सहित सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।
कानूनी क्षेत्रमा विभिन्न विषयमा सञ्चारमाध्यमा विश्लेषण गर्ने र लेख लेख्दै आएका कानून घरका प्रबन्धक अधिबक्ता नेपालले लयर्स फोरम नेपाल द्धारा प्रकाशित भर्डिक्ट म्यागेजिनमा उक्त लेख प्रकाशन गरेका थिए । त्यस्तै पाटन उच्च अदालतका न्यायाधीश द्धय महेश शर्मा पौडेल र टेकनारायण कुवर महान्यायाधीबक्ता कार्यालयका सहरजिष्टार संजिव रेग्मी लगायतका अन्य लेखकहरुलाई पनि सम्मान गरिएको थियो । उक्त सम्मान कार्यक्रममा बोल्दै कायममुकायम प्रधान न्यायाधीश कार्कीले न्यायक्षेत्रमा रहेको विकृति अत्यका लागि आफू लागी पर्ने बताए । कार्यक्रमा सहभागी सर्वोच्चका पूर्व न्यायाधीशहरु, महान्यायाधीबक्ता खम्बबहादुर खाती तथा कानून व्यवसायीहरुले न्याय क्षेत्रको सुधारकालाई कानून क्षेत्रका सबैले योगदान गर्नु पर्नेमा जोड दिए ।