उच्च अदालत बार एसोसिएसन पाटनमा शान्तिराम खतिवडाको प्यानल नै विजयी
- July 10, 2022
- 4 years ago
उच्च अदालत बार एसोसिएसन पाटनको नेतृत्वमा नेकपा एमाले र नेकपा समानवादी निकट कानून व्यवसायी विजयी भएका छन् ।
शनिवार भएको निर्वाचनमा संयुक्त प्यानलबाट अध्यक्ष अधिवक्ता शान्तिराम खतिवडाको प्यानलै विजयी भएको हो । खतिवडाले १०६६ मत ल्याउँदा अधिवक्ता रामकृष्ण शर्मा २७१ मत मात्र प्राप्त गरेका थिए ।
उपाध्यक्षमा रामचन्द्र न्यौपाने विजयीका छन् । सचिवमा रविन्द्र ढंगाना, सहसचिवमा इन्दु ढंगाना, काषाध्यक्षमा मिलन श्रेष्ठ छन् । देशभरका बार इकाईमध्ये सबैभन्दा बढी सदस्य रहेको पाटन उच्च अदालत बार एसोसियसनमा प्रगतिशील तथा पेसागत कानून व्यवसायी संगठन (पीपीएलए) र समाजवादी पेसागत कानून व्यवसायी संगठन (एसपीएलए) ले गठबन्धन गरेका थिए ।