दाइजो मागेको कसुरमा जेल चलान भएका पंकज चौधरीलाई धरौटीमा छाड्न उच्चको आदेश
- March 23, 2023
- 3 years ago
डा. पंकज चौधरीलाई तीनलाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न उच्च अदालत जनकपुरले आदेश दिएको छ ।
बिहीबार न्यायाधीशद्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त इजलासले धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको हो ।
दाइजोसम्बन्धी कसूरमा महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का पंकज २२ पुसमा जिल्ला अदालत महोत्तरीको आदेशमा पुर्पक्षका लागि जेल चलान भएका थिए ।
दाइजोका कारण घरेलु हिंसामा परेको भन्दै पंकजकी पत्नी नेहा चौधरीले दाइजोसम्बन्धी कसूर मुद्दा दायर गरेकी थिइन् ।
फागुन २०७८ मा नेहा र पंकजबीच सामाजिक परम्परा अनुसार विवाह सम्पन्न भएको थियो । विवाहको चारमहिनापछि दुबैबीच दरार उत्पन्न भएको थियो ।
नेहाले दाइजोमा पंकजले काठमाडौंमा घर किनिदिन भन्दै आफूलाई यातना दिइरहेको आरोप लगाउँदै आए पनि पंकजले आरोप खण्डान गर्दै आएका छन् ।
्