प्रसूति गृहबाट शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी । काठमाडौं महानगरभित्र ५२ अस्पतालमा ३७५ निःशुल्क शय्या तयार । राष्ट्रिय सभामा मौलिक हक कार्यान्वयनका लागि कानून निर्माण सम्बन्धी संकल्प प्रस्ताव पेश । सरकारलाई प्रदीप यादवको प्रश्न :जीबी राई कहाँ छन् ? सुनकोसी(मरिण डाइभर्सन स् सुरुङ खन्ने काम पुनः सुरु । जलविद्युत्‌को लाइसेन्स व्यवस्था समयानुकल संशोधन गर्न सकिन्छ ः महानिर्देशक मण्डल । मधेसको खानेपानी समस्या दीर्घकालीन समाधानको प्रयास भइरहेको छ ःमन्त्री यादव । प्रहरी समायोजनमा कानूनी जटिलता रहेकाले छिट्टै संशोधन पास गर्ने गृहमन्त्री श्रेष्ठको भनाई ।

आगामी निर्वाचनमा मन्त्री र स्थानीय तहका जनप्रतिनिधि प्रचारप्रसारमा संलग्न हुन नपाउने

  •  August 30, 2022
  • 4 years ago

काठमाडौँ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा संघ तथा प्रदेश सरकारका मन्त्री र स्थानीय कार्यपालिका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नपाउने भएको छन् । निर्वाचन आयोग द्धारा जारी आचारसंहितामा उक्त प्रावधान उल्लेख गरिएको । तर निर्वाचनमा आफै उम्मेदवार हुने प्रधानमन्त्री र मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रमा भने प्रचारप्रसार गर्न पाउनेछन् । प्रचारप्रसार गर्दा सरकारी स्रोतसाधन भने प्रयोग गर्न पाइने छैन ।

त्यस्तै मनोनयन दर्ता र प्रचारप्रसारमा २५ जनाभन्दा बढी जान नपाइने आचारसंहितामा उल्लेख छ । त्यस्तै उम्मेदवारी दिने व्यक्तिले मनोनयनपत्र दर्ता गर्दा खर्च गर्नुपर्ने अनुमानित रकम र स्रोत खुलाउनुपर्ने भएको छ । उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थाबाट छुट्टै खाता खोली सोही खाताबाट गर्नुपर्नेछ । उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने छ । राजनीतिक दलको हकमा पनि निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा सो खाताबाट खर्च गुर्नुपर्नेछ ।

२५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्थामार्फत गर्नुपर्ने छ । त्यस्तै चल अचल सम्पत्तिको विवरण समेत बुझाउनु पर्ने आचार संहितामा उल्लेख । प्रचारप्रसारका क्रममा १० वटाभन्दा बढी पार्टीको झन्डा बोक्न नपाइने, आफ्नो कार्यालयबाहेकका स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको चिह्नसहितका बोर्ड, फ्लेक्स वा साइन बोर्ड राख्न पाइने छैन । तर दलले आयोजना गर्ने जुलुस, आमसभा, कोणसभा वा घरदैलो कार्यक्रममा भने आयोगले तोकेबमोजिमका दस–दस वटा झण्डा र चुनाव चिह्न प्रयोग गर्न पाइनेछ ।

जिल्ला आचारसंहिता अनुगमन समितिमा छुट्टै अनुगमन अधिकृतको व्यवस्था गरिने भएको छ । अनुगमन अधिकृत समितिको सदस्य सचिव रहनेछन् । जिल्ला आचारसंहिता अनुगमन समितिमा मुख्य निर्वाचन अधिकृत संयोजक र प्रमुख जिल्ला अधिकारी सहसंयोजक हुने व्यवस्था छ ।

सम्बन्धित अन्य

  काठमाडौँ — त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पूर्वाञ्चल विराटनगर सह परीक्षा नियन्त्रक डिल्लीराम […]

  १२ मंसिर, काठमाडौं । सर्वोच्च अदालत जलाएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेका छ […]

  क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं […]

बौद्ध स्तुपामा बौद्धनाथा क्षेत्र विकास समितिले बौद्ध तथा मेलम्ची घ्याङ गुठीको अधिकार क्षेत्रमा हस्तक्षप गर्दा […]

बौद्ध स्तुपामा बुद्धचित्तको दाना टिप्ने क्रममा विवाद भएको छ । बौद्ध तथा मेलम्ची घ्याङ्ग गुठीको […]

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ परेका […]

  काठमाडौँ — सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ […]

  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही […]

पूर्व राजपरिसद स्थायी समिति सदस्य सम्माननीय गणेश बज्र लामाको निधन भएको छ । बौद्ध स्तुपाको […]

  रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ५ का विद्यार्थीहरुलाई झोला तथा स्टेशनरीको सामान वितारण […]

काठमाडौं । प्रा.डा.गोविन्द केसीले सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध पुनरावलोकन नभए अनशन बस्ने चेतावनी दिएका छन् […]

  क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ पाएका छन् । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई […]