आफताब आलमलाई थुनामुक्त नगर्न सर्वोच्चको आदेश
- May 07, 2022
- 4 years ago
विस्फोटक पदार्थ प्रयोग गरी ज्यान मार्ने उद्योग अन्तर्गत थुनामा रहेका काँग्रेस नेता मोहम्मद आफताब आलम तत्काल थुनामुक्त नगर्न सर्वोच्चले आदेश दिएको छ । शुक्रबार उच्च अदालतकै निर्णयलाई सदर गर्दै सर्वोच्चले उनलाई थुनामुक्त गरिरहन नपर्ने ठहर गरेको हो । न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आलमलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
आलमलाई यसअघि उच्च अदालतले थुनामा पठाउन आदेश दिएको थियो । त्यसको विरुद्ध आलम सर्वोच्च अदालतमा गएको थिए ।