आईजीपी नियुक्ति विरुद्धका सबै रिट खारेज, सरकारको निर्णय कानून सम्मत ठहर
- July 15, 2022
- 4 years ago
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध दायर रिट सर्वोेच्च अदालतले खारेज गरिदिएको छ ।
शुक्रबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले आईजीपी नियुक्ति विरुद्ध परेको सबै रिट खारेज गरिदिएको हो ।
धिरज प्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय कानुनसम्मत नभएको भन्दै एआईजी विश्वराज पोखरेलले रिट दायर गरेका थिए । सरकारले आफूभन्दा कनिष्ठलाई ऐन मिचेर आइजीपीमा बढुवा गरेको भन्दै एआइजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरे पनि सर्वोच्चले सरकारको निर्णयलाई कानून सम्मत भएको ठहर गरेको छ ।
त्यस्तैवसन्तकुमार पन्त र रवीन्द्रबहादुर धानुकलाई एआईजी बढुवा गर्ने निर्णयविरुद्ध डीआईजीहरु ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले हालेको रिट पनि सर्वोच्चले खारेज गरेको छ ।