अर्थ मन्त्रालयले गर्यो संघीय सरकारको २० प्रतिशत बजेट कटौती गर्ने निर्णय
- February 01, 2023
- 3 years ago
काठमाडौँ — अर्थ मन्त्रालयले संघीय सरकारको बजेटमा २० प्रतिशत खर्च कटौती गर्ने निर्णय गरेको छ । मंगलबार साँझ विज्ञप्ति जारी गर्दै सबै मन्त्रालय र निकायहरुको स्वीकृत बजेटबाट २० प्रतिशत खर्च कटौती गर्ने अर्थ मन्त्रालयले जानकारी गराएको हो ।
कटौटी भएको बजेट शीर्षकमा इन्धन, मर्मत सम्भार, मसलन्द तथा कार्यालय सामग्री, पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन, सूचना प्रणाली तथा सफ्टवेयर सञ्चालन खर्च, भ्रमण, अन्य भत्ता, कार्यक्रम खर्च, अनुगमन मूल्यांकन खर्च, कर्मचारी तालिम, गोष्ठी, सेमिनार र कार्यशाला, विविध खर्च, मेसिनरी तथा औजार, फर्निचर तथा फिक्चर्स, निर्मित भवनको संरचनागत सुधार तथा पुँजीगत सुधार खर्च लगायत छन् ।
विनियोजित बजेटमा बाँकी रहेकोमध्ये २० प्रतिशत खर्च कटौती गरिएको अर्थ मन्त्रालयले जनाएको छ । कोभिड महामारीको असर, युक्रेन(रुस युद्ध विश्वव्यापी रुपमा आपूर्ति श्रृङ्ख लगायतको कारण विश्व अर्थव्यवस्थामा परेको प्रतिकुल प्रभाव लगायतका कारण देशभित्रको आर्थिक गतिविधि संकुचन हुन गएकाले यस्तो निर्णय गर्नुपरेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
पुस ११ गते बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सरकारी खर्चमा कटौती गर्ने प्रस्ताव पारित गरेको थियो ।