अभिनेता पल शाह विरुद्धको जबर्जस्ती करणी मुद्दामा नवलपुर जिल्ला अदालतमा पनि बालिकाले बयान फेरिन
- April 20, 2022
- 4 years ago
अभिनेता पल शाह विरुद्धको जबर्जस्ती करणी मुद्दामा पीडित भनिएकी बालिकाले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेकी छन् ।
जबर्जस्ती करणी नै नभएको र अभियुक्त पल शाह निर्दोष रहेको बकपत्र गरेकी छिन् । पीडित भनिएकी बालिकाले कलाकार शाह निर्दोष रहेको भन्दै यस अधि उनले तनहुँ जिल्ला अदालत पनि बयान फेरेकी थिइन् ।
आफूले आवेशमा आएर प्रहरीमा बलात्कार भएको भनी बयान दिएको उनले बयानमा उल्लेख छ । बयान फेरेसंगै बालिकाको मुद्धा कम्जोर हुने देखिएको छ ।
यद्यपी यस अधि विभिन्न डर, प्रलोभन र धाकधक्कीका कारण बलत्कार पीडितले बयान फेर्न सक्ने भएकाले पीडितले बयान फेर्दैमा दोषिले उन्मुक्ति नपाउने सर्वोच्चको नजिर छ ।