गभर्नर अधिकारीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट : शैक्षिक योग्यता नपुगेको दावी
- December 28, 2023
- 2 years ago
गभर्नर महाप्रसाद अधिकारीको योग्यता माथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
गभर्नर अधिकारीको शैक्षिक योग्यता नपुग्ने दाबीसहित अधिवक्ता दिपकराज जोशी, दामोदर लिमिल्सेना, प्रताप ठकुराठी र चुडामणि भण्डारीले रिट निवेदन दर्ता गरेका हुन् ।
नेपाल राष्ट्र बैंक ऐनको दफा २० मा गभर्नर हुनका लागि आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, बाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानूनमा स्नातकोत्तर भई त्यही क्षेत्रमा अनुभव हासिल गरेको हुनुपर्ने व्यवस्था छ । तर भारतमा चार्टर्ड एकाउन्टेण्ड पढेर आएका अधिकारीले अरु कुनै पनि विषयमा स्नातकोत्तर नगरेकाले उनलाई पदमुक्त गर्नु पर्ने रिट निवेदकहरुको जिकिर छ ।
महाप्रसाद अधिकारीलाई सरकारले २४ चैत, २०७६ मा गभर्नरमा नियुक्त गरेको थियो । उक्त रिट माथिको प्रारम्भीक सुनुवाई शुक्रबार हुने अधिबक्ता दीपकराज जोशीले जानकारी दिए ।