सर्वोच्चमा अब २० वटा इजलाशबाट सुनुवाई हुने
- December 22, 2023
- 3 years ago
सर्वोच्च अदालतमा अव २० वटा इजलाशबाट सुनुवाई हुने भएको छ । नवनियुक्त ६ जना न्यायाधीशको वेन्च बसेसंगै २० वटा इजलासबाट सुनुवाई हुने भएको हो ।
न्यायपरिषदले न्यायाधीश शारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई सवोच्चको न्यायाधीशमा नियुक्ति गरेको थियो । विहिवार नवनियुक्त न्यायाधीशहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले शपथ खुवाए थिए ।
संविधान जारी भएयता सर्वोच्च अदालतमा सबभन्दा ठूलो संख्यामा न्यायाधीशले मुद्दा हेर्न लागेको यो दोस्रोपल्ट हो । यसअघि २०७६ वैशाख ६ गतेदेखि पाँच न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा नियुक्ति हुँदा पूर्ण संख्या २१ जनाको इजलास बसेको थियो ।
पछिल्लो समय न्यायधीशहरुको अवकास संगै सवोच्च अदालत १४ जना न्यायाधीशमा सिमिति थियो । जस्को कारण ५ न्यायाधीशको संवैधानिक इजलास बसेका दिन अन्य ४ वटा मात्र इजलास गठन गर्नु पर्ने अवस्था थियो । न्यायाधीशको संख्या कम हुँदा सर्वोच्चमा मुद्दाको संख्या बढेर २८ हजार पुगेको छ । सर्वोच्चमा २१ स्थायी न्यायाधीशको दरबन्दी रहेको व्यवस्था छ ।
‘