खाँणले बुझाए ३० लाखको बैंक ग्यारेन्टी, तर तत्काल थुना मुक्त नहुने
- December 15, 2023
- 3 years ago
काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणले जिल्ला अदालत, काठमाडौंमा पुगेर धरौटी वापतको रकम अनुसारको बैंक ग्यारेन्टी पेश गरेका छन् । बिहीबार नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको थियो ।
शुक्रबार धरौटी रकम बैंक ग्यारेन्टी बुझाएका हुन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेत उजुरी परेकाले उक्त दुई निकायमा बयान लिएर मात्र उनी थुना मुक्त हुने छन् ।
उनी गृहमन्त्री भएको वेला नेपाली युवालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरेको उनी माथि आरोप छ ।