प्रसूति गृहबाट शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी । काठमाडौं महानगरभित्र ५२ अस्पतालमा ३७५ निःशुल्क शय्या तयार । राष्ट्रिय सभामा मौलिक हक कार्यान्वयनका लागि कानून निर्माण सम्बन्धी संकल्प प्रस्ताव पेश । सरकारलाई प्रदीप यादवको प्रश्न :जीबी राई कहाँ छन् ? सुनकोसी(मरिण डाइभर्सन स् सुरुङ खन्ने काम पुनः सुरु । जलविद्युत्‌को लाइसेन्स व्यवस्था समयानुकल संशोधन गर्न सकिन्छ ः महानिर्देशक मण्डल । मधेसको खानेपानी समस्या दीर्घकालीन समाधानको प्रयास भइरहेको छ ःमन्त्री यादव । प्रहरी समायोजनमा कानूनी जटिलता रहेकाले छिट्टै संशोधन पास गर्ने गृहमन्त्री श्रेष्ठको भनाई ।

११ किलो सुन तस्करीका आरोपी मध्य नौ जनालाई थुनामा पठाइयो, तीन जना धरौटी र दुई जना साधारण तारेखमा छुटे

  •  December 02, 2023
  • 3 years ago

दोलखा जिल्ला अदालतले ११ किलो सुन तस्करीमा सम्लग्न भएको आरोपमा पक्राउ परेका चौध जना मध्ये नौं जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । शुक्रबार जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलाशले नौ जनालाई थुनामा पठाउने तथा तीन जनालाई धरौटीमा र दुई जनालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश श्रेष्ठको इजलाशले सुनमाला तामाङ र चेतनाथ न्यौपानेलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

धरौटीमा छुट्नेहरुमा महिमा माझी, दीपेन्द्रराज शाक्य र तिलक विक रहेका छन् । उनीहरुबाट क्रमशः माझीबाट १ करोड ७९ लाख ४० हजार रुपैयाँ, शाक्यबाट ९३ लाख ५० हजार रुपैयाँ र विकबाट ८८ लाख रुपैयाँ धरौटी लिन आदेश दिएको छ । महिमा माझी विरुद्ध ३१ करोड ११ लाख ७० हजार ४४६ रुपैयाँ १५ पैसा तथा दिपेन्द्र शाक्य र तिलक वि.क.विरुद्ध २० करोड ७४ लाख ४६ हजार ९६४ रुपैयाँ १० पैसा विगो कायम गरी मुद्दा दायर भएको तिलक वि.क.का कानून व्यवसायी किशोर सापकोटाले जानकारी दिए । वि.क.का. तर्फबाट बहर गरेका कानून व्यवसायी सापकोटाले सुन तस्करीमा सम्लग्नमाथि लगाईएको संगठित अराधको आरोप पुष्टि हुन नसक्ने जिकिर गरेका थिए ।

थुनामा राख्न पठाइएकाहरुमा आकार लामा, टासी भन्ने गेङ्रु, नुर्बु छिरिङ शेर्पा, पेम्बा तामाङ, च्याङ्बा भन्ने चस्मान तामाङ, सनद प्रधान, लालबहादुर तामाङ, केशर तामाङ र माधव कुमार मगर छन् । उक्त सुन तस्करीमा २६ जनालाई प्रतिवादी बनाइएकोमा बाह्र जनालाई फरार कायम गरिएको छ । चीनबाट दोलखा हुँदै आलुको बोरामा लुकाएर सुन तस्करी गर्दैगर्दा दोलखा प्रहरीले बिगु गाउँपालिका–१ लमाबगरबाट ४ किलो, जामुने भन्ने ठाउँबाट ३ किलो र सुनसँगै पक्राउ परेकाहरुको वयानपछि खोजतलास गर्दा दोलखाकै लामाबगरमा ढुंगा मुनि लुकाएको अवस्थामा थप ४ किलो गरी जम्मा ११ किलो सुन बरामद गरिएको थियो ।

सुरुमा केशर तामाङ र माधव कुमार मगरले ११ किलो सुन बोरामा राखेर ओसार पसार गर्दै लुकाइछिपाई राखेको अवस्थामा बरामद गरिएको थियो । पक्राउ परेकामध्ये चिनियाँ नागरिक गेङ्रले नै चीनबाट सुन मगाएर काठमाडौंमा बेच्ने गरेको प्रहरीले दावी छ । सुन तस्करीमा सम्लग्नहरुले दोलखाको विभिन्न नाकाबाट आलुको बोरामा लुकाएर सुन तस्करी गर्ने गरेकोमा सुनसहितको आलुको बोरा लुटिए पछि सोही विषयमा प्रहरी समक्ष उजुरी परेकोमा अनुसन्धानका क्रममा सुन तस्करीमा संलग्नहरु पक्राउ परेका थिए ।

 

सम्बन्धित अन्य

  काठमाडौँ — त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पूर्वाञ्चल विराटनगर सह परीक्षा नियन्त्रक डिल्लीराम […]

  १२ मंसिर, काठमाडौं । सर्वोच्च अदालत जलाएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेका छ […]

  क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं […]

बौद्ध स्तुपामा बौद्धनाथा क्षेत्र विकास समितिले बौद्ध तथा मेलम्ची घ्याङ गुठीको अधिकार क्षेत्रमा हस्तक्षप गर्दा […]

बौद्ध स्तुपामा बुद्धचित्तको दाना टिप्ने क्रममा विवाद भएको छ । बौद्ध तथा मेलम्ची घ्याङ्ग गुठीको […]

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ परेका […]

  काठमाडौँ — सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ […]

  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही […]

पूर्व राजपरिसद स्थायी समिति सदस्य सम्माननीय गणेश बज्र लामाको निधन भएको छ । बौद्ध स्तुपाको […]

  रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ५ का विद्यार्थीहरुलाई झोला तथा स्टेशनरीको सामान वितारण […]

काठमाडौं । प्रा.डा.गोविन्द केसीले सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध पुनरावलोकन नभए अनशन बस्ने चेतावनी दिएका छन् […]

  क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ पाएका छन् । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई […]