हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा नियुक्त
- June 16, 2023
- 3 years ago
काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा नियुक्त भएका छन् । उनले शुक्रबार नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि कार्कीको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेको थियो । कार्कीले आठ अधिदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनी आगामी साउन २० गते सेवा निवृत्त हुँदैछन् ।