संसदमा मिटरब्याज नियन्त्रणसम्बन्धी विधेयक ल्याउन माग
- March 29, 2023
- 3 years ago
मिटरब्याज नियन्त्रणसम्बन्धी विधेयक अविलम्ब संसद्मा प्रस्तुत गर्न नेकपा माओवादी केन्द्रका सांसद् हितबहादुर तामाङले माग गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद तामाङले तत्काल विधेयक अघि बढाउन माग गरेका हुन् । नेपाल सरकारले वार्ता टोली गठन गरेर मिटरब्याज पीडितको समस्याको अध्ययन गर्ने विषय स्वागत योग्य भए पनि समस्या समाधानका लागि संसद्मा विधेयक दर्ता गर्नु पर्ने उनले माग गरेका छन् ।
अबिलम्ब त्यससम्बन्धी विधेयक संसद्मा दर्ता गराएर, छलफल कानून बनाएमा मिटर व्याज सम्बन्धी समस्या समाधान हुने उनले बताए । मंगलबारको मन्त्रिपरिषद् बैठकले मिटरब्याजलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउन मुलुकी अपराध संहितामा संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरिएको थियो । पछिल्लो समय महोत्तरीबाट ११ दिन पैदलै हिँडेर काठमाडौं आएर मिटरब्याजपीडितले सरकारलाई दबाब दिएका थिए ।
सासद तामाङले वित्तीय संस्थाहरु अत्यन्तै जटिल अवस्थामा पुगेको र नागरिकहरुलाई दुःख दिने अवस्था बनेका तर्फ सरकारको ध्यान आक्रषण गराएका थिए । सामान्य मान्छेले बैंक, सहकारी जस्ता संस्थाबाट ऋण लिन नसक्ने र बाध्यतावश सुदखोरहरुसंग ऋण लिँदा मिटर व्याज लगाए घर जग्गा आई दिने गरेको उनले बताए ।