अख्तियारका तत्कालिन आयुक्त पाठक घुस खान खोजेको आरोपमा दोषी ठहर
- March 29, 2023
- 3 years ago
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकलाई घुस खान खोजेको आरोपमा दोषी ठहर गरिएको छ । नेपाल इञ्जिनियरिङ कलेजको विवाद मिलाइदिने भन्दै ७८ लाख रुपैयाँ घुस लिएको आरोप सहित उनी विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको थियो । बुधवार विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र बलभद्र बाँस्तोलाको इजलासले पूर्वआयुक्त पाठक र घुस दिने लम्बोदर न्यौपानेलाई घुस खानमात्रै खोजेको भन्दै आधामात्र सजाय सुनाएको हो ।
विशेष अदालतले उनीहरुबाट घुसको डिल भएको रकमको आधा अर्थात ३९ लाख रुपैयाँ जरिवाना असुल्ने समेत आदेश गरेको छ ।
घुस खान खोज्ने पूर्वआयुक्त पाठक र घुस दिन खोज्ने न्यौपानेलाई तन नीन वर्ष कैद सजाय समेत सुनाइएको छ । अख्तियारको आयुक्तजस्तो विशिष्ट पदमा बसेकाले पाठकलाई थप ३ महिना कैद हुने समेत फैसलामा उल्लेख छ । अख्तियारले पाठकले घुस लिएको र फिर्ता माग्दा नदिएपछि भिडियो बाहिरिएको भन्दै मुद्धा दायर गरेको थियो ।
घुस लिइसकेका पाठकले काम गर्न नसकेपछि पनि रकम फिर्ता गर्न नमानेपछि भिडियो सार्वजनिक भएको थियो ।